News Portal

रेडियो सुन्नुहोस्

घोराही कारागारबाट भागेका कैदी दिल्लीमा पक्राउ

झुलेनी नेटवर्क२०७८ माघ १० दाङ
७५८ पटक
२०७८ माघ १० दाङ

घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट माघ ९ गते प’क्राउ गरेको हो ।

परियारलाई प्रहरीले प’क्राउ गरी दाङ ल्याएको छ । ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका व्यक्ति हुन् । परियारलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत पुस ८ गते बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए।

चौधरीले परियारलाई सोझै अस्पताल नलगेर घोराहीस्थित प्याराडाइज होटेल एण्ड रेष्टुँरामा खाजा खान लगेका थिए। त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए। परियारले झन्डै साढे ७ वर्ष कैद भुक्तान गरिसकेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...