News Portal

रेडियो सुन्नुहोस्

कृषि सामाग्री वितरणले किसानहरु उत्साहित

गिता गौतम२०७८ चैत ०२ प्यूठान
१०६४ पटक
२०७८ चैत ०२ प्यूठान

स्मार्ट कृर्षि गाउँ कार्यक्रम अन्तर्गत प्यूठानको माण्डवी गाउँपलिका वडा नं.२ का ६१ कृर्षकहरुलाई २/२वटाका दरले क्यारेट वितरण गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यलय खलंगा प्यूठानको आर्थिक सहयोगमा नमुना कर्षि गाउँ बनाउने उद्देश्य सहित अगाडि सारिएको योजना अनुसार क्यारेट वितरण गरिएको मर्कावाङ स्मार्ट कृर्षि गाउँ कार्यक्रमका कृर्षि प्राविधिक सहजकर्ता शिवराज शर्माले जानकारी दिए । यस अघि कार्यक्रमले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरुभएको केही महिना भित्रै कृर्षि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउँने उद्देश्यकासाथ संचालित स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत छनौटमा परेका प्रत्येक कृषकहरुको घर ,घरमा स्मार्ट कृषि पोखरी, समेत निमार्ण गरिसकेको छ । पछिल्लो समय स्मार्ट कृर्षि गाउँ कार्यक्रम प्यूठानको माण्डवी गाउपलिका वडा नं. २ मर्कावाङमा प्रभावकारी बन्दै गएको छ ।


त्यहाँका कृषकहरुले मौषमी तथा वेमौषमी रुपमा टमाटर, आलु, अदुवा, सिम्लामिर्च, बन्दा, काउली लगायतका तरकारी बालीहरु प्रशस्त मात्रामा उत्पादन गर्दै आएका छन् । यस कार्यक्रम मार्फात अब त्यहाँका कृर्षकहरुलाई कृर्षिमा सहजता दिनका लागि थप एक एक वटा क्यारेट र हाते ट्याक्टर समेत वितरण गरिने कृषि सहजकर्ता शर्माको भनाई छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...