News Portal

रेडियो सुन्नुहोस्

कृषि सामाग्री वितरणले किसानहरु उत्साहित

गिता गौतम२०७८ चैत ०२ प्यूठान
१२६५ पटक
२०७८ चैत ०२ प्यूठान

स्मार्ट कृर्षि गाउँ कार्यक्रम अन्तर्गत प्यूठानको माण्डवी गाउँपलिका वडा नं.२ का ६१ कृर्षकहरुलाई २/२वटाका दरले क्यारेट वितरण गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यलय खलंगा प्यूठानको आर्थिक सहयोगमा नमुना कर्षि गाउँ बनाउने उद्देश्य सहित अगाडि सारिएको योजना अनुसार क्यारेट वितरण गरिएको मर्कावाङ स्मार्ट कृर्षि गाउँ कार्यक्रमका कृर्षि प्राविधिक सहजकर्ता शिवराज शर्माले जानकारी दिए । यस अघि कार्यक्रमले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरुभएको केही महिना भित्रै कृर्षि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउँने उद्देश्यकासाथ संचालित स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत छनौटमा परेका प्रत्येक कृषकहरुको घर ,घरमा स्मार्ट कृषि पोखरी, समेत निमार्ण गरिसकेको छ । पछिल्लो समय स्मार्ट कृर्षि गाउँ कार्यक्रम प्यूठानको माण्डवी गाउपलिका वडा नं. २ मर्कावाङमा प्रभावकारी बन्दै गएको छ ।


त्यहाँका कृषकहरुले मौषमी तथा वेमौषमी रुपमा टमाटर, आलु, अदुवा, सिम्लामिर्च, बन्दा, काउली लगायतका तरकारी बालीहरु प्रशस्त मात्रामा उत्पादन गर्दै आएका छन् । यस कार्यक्रम मार्फात अब त्यहाँका कृर्षकहरुलाई कृर्षिमा सहजता दिनका लागि थप एक एक वटा क्यारेट र हाते ट्याक्टर समेत वितरण गरिने कृषि सहजकर्ता शर्माको भनाई छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...