उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका -२ स्थित शनिश्चरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।

जहाज खोजीकार्यमा खटिएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज भेटाएकाे हाे। अब थप उद्दारकाे काम भइरहेकाे खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न अझै समस्या देखिएकाे प्रवक्ता सहायक रथी सिलवालले बताए।

पोखराबाट जोमसोमका लागि बिहान उडेको तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहिन भएको थियाे

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको जहाज १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज निर्धारित समय बितिसक्दा पनि सम्पर्कमा नआएपछि खाेजिकार्य सुरु गरिएको हाे।

उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा सहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार छन। थप िववरण अाउन बाकी छ

स्राेत जनसाहारा