News Portal

रेडियो सुन्नुहोस्

बेलायतको सरकारी कलेजमा नेपाली गभर्नर

सिखबर संवाददाता
२५०५ पटक

नेपालीहरु विदेशिने क्रमसँगै विदेशमा नेपालीले आफूलाई बिभिन्न स्तरमा स्थापित गर्दै गइरहेको पाइन्छ। अध्ययन-अध्यापन, आ-आफ्नो ब्यबसायसँगै राजनीतिक रुपमा मेयर, काउन्सिलर जस्ता स्थानमा नेपालीहरुले आफूलाई स्थापित गरेका छन्।

हालै बेलायतवासी एक नेपालीले बेलायतको ह्याम्प्सायरको बेजिंगस्टोकस्थित आधा शताब्दी पुरानो सरकारी कलेजमा गभर्नरको रुपमा नियुक्ति पाएका छन्।

बेलायतमा ब्यबसायिक एवम् समाजसेवीको रूपमा परिचय बनाएका शिवजी श्रेष्ठलाई क्रान्बोर्न बिजिनेस एण्ड इन्टरप्राइज कलेज, बेजिंगस्टोकको गभर्निंग बडीले चार वर्ष (२०१८-२२) का लागि गभर्नर नियुक्त गरेको हो।

विद्यालयस्तरमा अन्य केही नेपालीहरु गभर्नरको रुपमा कार्य गरे पनि कलेजस्तरमा सायद उनै पहिलो नेपाली गभर्नर हुनसक्ने अनुमान गरिएको छ। श्रेष्ठले गभर्नरको रुपमा गभर्निङ्गबडीमा रहेर कलेजको प्रमुख, उप-प्रमुखको नियुक्तिदेखि कलेजको भिजन, योजना एबम नीति निर्माण, कलेजको आर्थिक ब्यबस्थापन, कलेजको स्तर, कार्यसम्पादनको सुपरिवेक्षण लगायतका कार्यहरुमा सहभागी हुनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...