News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

नौबहिनीमा राहत वितरण,बास्तविक मजदुरहरुले राहत नपाएको गुनासो

नौबहिनी गाउँपालिका वडा नं ६ लुङ टापुमा स्थानिय मजदुरहरुका लागि राहत वितरण गरिएको छ। कोरानो भाइरसका कारण लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरि खाने मजदुरहरुलाई राहत वितरण गर्ने सरकारी निर्णय अनुसार गाउँपालिकाले राहत वितरण गरेको...बाँकी

कोरोना रोकथामका लागी फोप्लीमा सर्वपक्षिय समिती सक्रिय

नौवहिनी गाँउपालिका वर्डा नं ८(फोप्ली) लाई कोरोना संक्रमणवाट वचाउन सर्वदलिय/सर्वपक्षिय समिती गठन गरिएको छ। महामारीवाट वच्न सवै पक्षको सहभागिता जरुरी हुने भएकाले सवै राजनितीक दल र नागरिक समाजका अगुवा सम्मिलित समिती गठन गरिएको वडाअध्यक्ष ओविराम...बाँकी

ऐरावति अमिलिमा क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किए

ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ माध्यमिक बिद्यालय अमिलि क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किएका छन्। उनीहरुको र्यापिट डाइनोस्टिक टेस्ट च्म्त् नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्। गत चैत्र १० गते भारतको गाजियाबादबाट आएका उनीहरुलाई...बाँकी

पवित्र धार्मिक स्थल स्वर्गद्वारी मन्दिरका गाईका लागि दाना सहयोग

प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्। कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने...बाँकी

पिपिई जुटाउँदै दिनरात खटिन्छन् प्यूठान अस्पतालका स्वास्थ्यकर्मी

प्यूठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्। कोरोना संक्रमणको विश्वब्यापी सन्त्रासका बिच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानिय स्तरमा आफैले...बाँकी

लकडाउनको फाइदा उठाउने एम्बुलेन्स चालक प्रहरी फन्दामा

  बिरामी बोक्ने एम्बुलेन्सले यात्रुहरु बोकेर ल्याएको भेटिएपछि एम्बुलेन्स चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अस्पताल बिजुवारबाट बिरामी लिएर बुटवल गएको भूतपुर्व सैनिक संगठन प्यूठानद्धारा सञ्चालित लु १ च २१३६ नम्बरको एम्बुलेन्सले बुटवलबाट...बाँकी

सरुमारानीका दुई बालबालिका मृत अबस्थामा भेटिए

सरुमारानी गाउँपालिका वडा नं. १ बांगेशालमा दुई बालबालिका मृत अबस्थामा भेटिएका छन्। एकै घरका दुई बालबालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। स्थानिय मंगले धामीका पाँच बर्षिय छोरी सिर्जना धामी र दुई...बाँकी

प्यूठानमा क्वारेन्टाइनमा बसेकाहरु ५० जना घर फर्किए

स्वर्गद्धारी नगरपालिकाका बिभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ जनाको Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु आइतबार घर फर्किएका छन्। स्वर्गद्धारी नगरपालिका वडा नं. ४ मा रहेको...बाँकी

प्यूठानमा स्थानिय सरकाले निर्माण गरेको क्वारेन्टाइमा बसेकाहरु २७ जना घर फर्किए

जिल्लाका स्थानिय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेका २७ जना ब्यक्तिहरु शनिवार घर फर्किएका छन्। स्वास्थ्य कार्यालय प्यूठानको पलहमा Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका हुन्।...बाँकी

जिल्ला अस्पताललाई पिपिई हस्तान्तरण

जिल्ला अस्पताल बिजुवार प्यूठानलाई आज ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको छ। प्रभू लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा बैंक डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा आएको ५० सेट पिपिई प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले जिल्ला अस्पताल...बाँकी

प्यूठानबाट स्वाब परिक्षणका लागि पठाएका ९ जनाकै रिपोर्ट नेगेटिभ

प्यूठान, कोरोना भाईरस संक्रमणको आशंकामा स्वाब परिक्षणका लागि जिल्लाबाट पठाईएका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय प्यूठान मार्फत परिक्षणका लागि पठाईएका जिल्लाका ७ जना र जिल्ला अस्पताल बाट नमुना संकलन गरी पठाएका २...बाँकी

यूवा क्लब र आमा समूहको सक्रियतामा साबुन वितरण

समुदायमा आधारित रहेर निरन्तर सामाजिक सेवा गर्दै आइरहेको नमस्ते बिहानी यूवा क्लब गंगादेब गाउँपालिका वडा नं ६,७ जागरण महिला आमा समुह सौरेगैरा र दलित महिला आमा समुह खलाबोटले जनचेतनामुलक कार्यक्रम सहित साबुन बितरण गरेको छ...बाँकी