News Portal

रेडियो सुन्नुहोस्

देखिन छाडे झिमरुक फाँटमा हल गोरु

यान्त्रिककरणले किसानलाई सहज

सुजाता थापा क्षेत्री/तेजेन्द्र बि.एम.२०७८ कार्तिक २८, प्यूठान
५५६ पटक
२०७८ कार्तिक २८, प्यूठान

हरेक वर्ष तिहार पछि झिमरुक फाँटमा गहुँ छर्ने काम सुरुहुन्छ । केहि वर्ष अघिसम्म झिमरुक फाँटमा गहुँ छर्न नारेका हल गोरुले फाँट भरिभराउँ जस्तै देखिन्थे । तर, हिजोआज किसानको खेति गर्ने तरिका फेरिँएको छ । झिमरुक फाँटमा हलगोरु देखिन छाडेका छन् । किसानको खेतमा सररर ट्रयाक्टरले एकैछिनमा जोतेर गहुँ छरेर भ्याइदिन्छ, किसान खुशी हुन्छन् ।

प्यूठान नगरपालिका–४ बिजुवार फाँटमा गहुँ छरी खेत ट्रयाक्टरले जोताउँदै गरेको अवस्थामा भेटिएका प्यूठान नगरपालिका–३ रातामाटाका किसान विष्णुवहादुर के.एमले ट्याक्टरले गहुँ छर्न निकै सहज हुन थालेको बताए । ‘गोरु लगाएर खेत बाँजो मार्न मात्रै ३ दिन लाग्थ्यो,’ उनले भने, ‘गोरुले जोत्दा खेतमा ठूला ठूला डल्ला हुन्थे फूट्याउनै गाह्राे ।’ बाँझो मारेपछि पूनः गहुँ छर्न ३ दिन समय छुट्टाउनु पर्ने झन्जट ट्रयाक्टरले जोताउन थालेपछि हटेको के‍.एमले बताए ।

अहिले हलि, गोरुको दैनिक ज्याला १ हजार ५ सय देखि १ हजार ७ सय सम्म दिन पर्नेमा ट्याक्टरले जोताउँदा आधाभन्दा धेरै रकम बचत हुन थालेको बताए । के.एमका अनुसार ट्रयाक्टरद्वारा जोताउँदा समयको बचत हुने, पैसा पनि कम खर्च हुने, बाँझो खेतमा नै सिधैँ गहुँ छर्न मिल्नुका साथै डल्ला फोर्नका लागि छुट्टै खेताला खोज्नु पर्ने झन्झट हटेको बताए ।

त्यस्तै प्यूठान नगरपालिका–४, निवासी सावित्रा नेपालीले ट्रयाक्टरले खेत जोताउन थालेपछि खेति गर्न सहज हुन थाले बताइन् । ‘३ वर्ष देखि ट्रयाक्टर मार्फत गहुँ छर्दै आएका छौँ’, उनले भनिन्, ‘सजिलै गहुँ छर्न पाएकोमा धेरै सहज भएको छ । ट्रयाक्टर मार्फत जोताउँदा मिनेटको ५० रुपैयाँ लिने गरेको छ ।’

झिमरुक फाँटमा किसानहरुले रोपाइँका बेलामा फाट्टफुट्ट गोरुले जोतेर रोपाई गरेपनि पछिल्लो समयमा पनि हाते ट्रयाक्टरले जोतेर रोपाई गर्न थालेको स्थानीय सिता के.एमले बताइन् । प्यूठानका पाखो बारीमा मकै भित्राएको केहि दिन मै गहुँ, तोरी र फापर जस्ता अन्न छर्ने गरिन्छ । गाँउमा जाँदा कार्तिक महिनामा तोरी र फापर ढकमक्क फुलेको हुन्छन् । गाउँघरमा समेत ट्रयाक्टर, हाते ट्रयाक्टर प्रयोग गरि खेतिपाति गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...