News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमै खुल्यो प्याड उद्योग

सुजाता थापा क्षेत्री२०७८ पुष १५, प्यूठान
११६६ पटक
२०७८ पुष १५, प्यूठान

प्यूठान जिल्लामै सेनिटरी प्याड उद्योग खुलेको छ । प्यूठान नगरपालिका ३, रातामाटामा किशोरी सेनिटरी प्याड उद्योग सञ्चालनमा ल्याइएको ब्यवसायी इन्दिरा पोख्रेलले बताइन् ।

‘गतवर्षदेखि नै उद्योग सञ्चालनको लागि तयारी गरेकी हुँ’ सञ्चालक पोख्रेलले भनिन्, ‘लकडाउन भएका कारण कच्चा पदार्थ किन्न नपाउँदा ढिलो भयो ।’ उनका अनुसार यो उद्योग २०७८ असौज महिनाबाट सञ्चालनमा छ । रातामाटामा स्थापना गरीएको उद्योगमा २५ लाख रुपैयाँ लगानीमा स्थापना गरीएको उनले बताइन् ।उद्योगका लागि मेसिनरी सामान भारतको नयाँ दिल्लीबाट ल्याइएको छ । कच्चा पदार्थ चिनबाट ल्याउने गरेको उनले बताइन् ।

उद्योगबाट अटोमेटिक सेनिटरी प्याड मेकिङ मेसिनले प्रति मिनेट ६० वटा सम्म प्याड उत्पादन गर्न सक्छ । उद्योग सञ्चालन गरेको ३ महिनामै आफू व्यवसाय सञ्चालनमा उत्साहित भएको उनले झुलेनी पोष्टसँगको कुराकानीमा बताइन् । ‘उद्योग चलाएको ३ महिनामा करिब २ लाख ५० हजारको कारोवार भयो’, उनले भनिन्, ‘हालसम्म ३ हजार पिस विक्रि भइसकेको छ ।’ उद्योगबाट बिक्रिका लागि १५ हजार पिस सेनिटरी प्याड तयारीमा छन् ।

प्याड सुरक्षित बनाउनका लागि हानिकारक व्याक्टेरीया मार्ने र ढुसि रहित बनाउने कामका लागि स्ट्रेलाइजर मेसिन प्रयोगमा रहेको छ । प्याड प्याकिङ गर्नका लागि मेनुअल प्याकिङ मेसिन समेत राखेकी छिन् । प्याड बनाउन नन ओभन, स्याप सिट (कपास), ब्याक सिट, गम पेपर, रिलिज पेपर लगायतका कच्चा पदार्थ प्रयोग गरीदै आएको छ । प्याकिङ गर्नको लागि प्याकिङ प्लास्टिक समेत आवश्यक पर्छ । उद्योगबाट बिभिन्न ४ साइजमा ३ सय २०, ३ सय, २ सय ओसी र २ सय ४० एम.एम.को साइजमा प्याड उत्पादन हुँदै आएको छ ।

उद्योगमा आफूसँगै अन्य ४ महिलाले रोजगार पाएको सञ्चालक पोख्रेलले बताइन् । उद्योग सञ्चालनका लागि पोख्रेलले भारतको नयाँ दिल्लीमा एक हप्ताका तालिम लिएकी हुन् । तालिम लिदाका बखत यातायात र आवासिय खर्च गरि ५० हजार भारतिय रकम खर्च भएको बताइन् । विभिन्न गैर सरकारी संघ संस्थामा काम गरेकी उनले जागीर गर्दा काम बढी र तलव थोरै हुने भएकाले नयाँ व्यवसायको सोंच बनाएर व्यवसाय थालेको बताइन् । प्याड खरीद गर्नका लागि प्यूठान सहित रोल्पाबाट माग आएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...