News Portal

रेडियो सुन्नुहोस्

विपद् घटना: कृत्रिम अभ्यासमा जस्तो अभ्यास साच्चिकै घटनामा हुनुपर्छ

झुलेनी नेटवर्क२०७९ जेठ २३, प्यूठान
१०१८ पटक
२०७९ जेठ २३, प्यूठान

सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको अयोजनामा प्यूठान नगरपालिका ४ बिजुवार स्थित खेलकुद मैदानमा विपद्जन्य घटना सम्बन्धी कृतिक अभ्यास गरिएको छ । स्थानीय तहरुको सहयोगमा गरिएको अभ्यासमा आगलागी, बाढीपहिरो भएपछि उद्द्धार तथा खोज कसरी गर्ने भन्ने बारे अन्यास गरिएको थियो । यो निकै राम्रो पक्ष मान्न सकिन्छ । विपद भन्ने कुरा बाजा बजायर आउने होइन । आइहाल्यो भन्ने पूर्वतयारी गर्नु जरुरी हुन्छ । त्यो कार्य जिल्ला प्रशासन कार्यलयले आफ्नो अगुवामा गरेर राम्रो काम गरेको छ ।

विपद भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतीको साथै जीवनयापन र वातावरणमा प्रतकिूल असर पर्ने प्राकृतकि वा गैरप्राकृतिक संकट सम्झनु पर्छ । यो बाट बच्नको लागि तयारी गर्नु पर्ने हुन्छ । पूर्व तयारी विपद् जोखिम न्यूनिकरणको लागि गर्नुपर्छ । प्यूठान जिल्ला विपद् जोखिमको हिसावले धेरै जोखिम जिल्ला अन्तर्गत पर्दछ । विपद् जोखीम न्यूनीकरण भन्नाले विपद् पूर्व गरीने जोखिमको विश्लेषण तथा मूल्याङ्कन, विपद् रोकथाम वा विपद्बाट हुने क्षतिको न्यूनीकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कम गर्ने सम्बन्धी कार्य हो । यो कार्य गर्दा आम नागरिकको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागी हुन जरुरी हुन्छ । विपद पर्दा आम नागरिकले भोगेको पीडाका कारण यसरी गरिने विपद् सम्बन्धी कृत्रिम अभ्यासमा आम नागरिकको विश्वास छैन् । आगलागी भइसकेपछि आउने दम्कल, बाढीले क्षति पु¥याइसके पछिको उद्धारले गर्दा नगरिकमा विश्वास नभएको हो । यस तर्फ पनि सरोकार निकायले ध्यान पु¥याउन जरुरी छ । कृत्रिम अभ्यासमा जस्तो अभ्यास साच्चिकै घटनामा हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...