प्यूठानमा धूमधामसँग माघी पर्व मनाइएको छ । विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार मङ्गलवार माघी/माघे सक्रान्ती मनाएका छन् । माघी/माघे सक्रान्तीको अवसरमा विभिन्न ठाउँमा मेलाहरू सम्पन्न भएका छन् । प्यूठान नगरपालिका ४ बाझोवारिमा माघी मेला सम्पन्न...बाँकी
झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला सामाजिक सुरक्षाको सुविधा नपाएका तर, जीविकोपार्जनमा असहजता भएका महिलालाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा...बाँकी
आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन । प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा गलङछङ निवासी विनोद बिटालुले श्रीमती ज्ञानी सुनारलाई कुटपिट सँगै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको...बाँकी
कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ । सङ्घीय सांसद सूर्य बहादुर थापा क्षेत्री सहितको टोलीले गुहारी जलाशय सहित विभिन्न विकास योजनाबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको हो ।...बाँकी
२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ...बाँकी
प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम बसी प्यूठानको गौमुखी र ऐरावतीमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू स्नान गरी माघे सक्रान्ती पर्व मनाउँछन् । प्यूठानको उत्तरी भेगमा पर्ने झिमरुक...बाँकी
नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ । खेल क्षेत्रबाट योगदान गर्ने नौवहिनीमा जन्मिएका ७ जना खेलाडीलाई सम्मान गरिएको नौवहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए...बाँकी
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने...बाँकी
माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ खेलमैदानमा सुरु भएको कपमा पुरुष भलिबल, महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन् । पुरुष भलिबल तर्फ माण्डवी–५...बाँकी
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ । प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व...बाँकी
नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण...बाँकी
प्यूठानमा सुमो जिम दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउसो भालुवाङ–प्यूठान सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका ३ अरुण खोला नजिकै जिप दुर्घटना भएको हो । रोल्पाबाट भालुवाङ जादै गरेको भे १ ज...बाँकी