News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

जुम्रीखोलामा बन्यो स्टिल ट्रस्टको पुल, स्थानीयलाई सहज

प्यूठान नगरपालिका ३ चक्रीबाङ मेथिखोला स्थित जुम्रीखोलामा स्टिल ट्रस्टको पुल निर्माण भएपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । पुल बनेपछि प्यूठान नगरपालिका ३ र ४ का स्थानीयलाई ओहोरदोहोर गर्न सजिलो भएको हो । खोलामा...बाँकी

मल्लरानी ३ मा आर्थिक बर्ष ०७९/०८० का सत प्रतिशत काम सम्पन्न

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. ३ मा आर्थिक बर्ष २०७९/०८० मा भएका योजनाहरुको काम सत प्रतिशत सम्पन्न भएका छन्। गत आर्थिक बर्षमा वडामा परेका सम्पुर्ण योजनाहरुको काम सम्पन्न भएको वडा सचिव मनोज कुमार जि.सीले बताए।...बाँकी

प्यूठानमा धानबालीमा रोग लागेर सखाप, किसान चिन्तित

प्यूठानको झिंमरुक फाँट क्षेत्रमा धानबालीमा रोग लागेपछि किसान चिन्तित छन् । रोपाई गरेको एक महिनापछि धानमा रोग लागेर बोट कुहिने,सुक्ने भएपछि किसानका खेत बाँझै देखिन थालेको छ । प्यूठान नगरपालिका ४ को जुम्रीफाँट क्षेत्रमा धानमा...बाँकी

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । असारको २८ गते जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रोल्पाको...बाँकी

आहा ! कती राम्रा तिम्ल्याहा छोरीहरु

प्यूठानको ऐरावती गाउँपालिका ३ जाबुनेकी माया आलेको कोखबाट एकै पटक तिन छोरीहरु जन्मेका छन् । बिहे गरेको लामो सयमपछि एकै पटक तिन छोरीहरु जन्मेपछि आले परिवार निकै खुसी छन् । काखमा एउटै उमेरका स साना...बाँकी

साधनाले आफ्नो जन्मोत्सव किड्नी पिडितलाई सहयोग गरेर मनाईन

सरुमारानी गाउँपालिका ३ हंसपुर स्वास्थ चौकी ल्याबमा कार्यरत कर्मचारी साधना केसिले आफ्नो जन्मदिन किड्नी पिडितलाई आर्थिक सहयोग गरेर मनाएकी छिन । पछिल्लो समय मानिसहरु जन्मोत्सवमा फजुल खर्च र खान पान गरि मनाउने प्रचलन बढ्दो छ...बाँकी

माण्डवीमा एसईई समिक्षा

माण्डवी गाउँपालिकाले बुधबार एसईई नतिजाको समिक्षा गरेको छ । समिक्षाले विद्यालयमा हुने पठन/पाठन लगायतका विषयमा छलफल तथा निर्णय गरेको गाउँपालिकाले जनाएको छ । मासिक रुपमा प्रत्येक शैक्षिक संस्थाहरुमा सो मुल्याङकन पुस्तिका तयार गर्ने, मुल्याङकन पुस्तिका...बाँकी

स्वर्गद्धारी सडकमा दुर्घटना रोक्न सडक सुरक्षाका काम गरिदै

वर्षेने सवारी दुर्घटनामा परेर धेरै जनाको ज्यान जाने गरेको भिंगृ–स्वर्गद्धारी सडक क्षेत्रमा दुर्घटना रोक्न सडक सुरक्षाका काम हुन थालेको छ । सडक डिभिजन कार्यालय प्यूठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यबस्था गरेर सडक...बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन...बाँकी

प्यूठान जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

प्यूठान जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरेपछि मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । ५ बर्ष मुनिका...बाँकी

फेरि डस्यो सर्पले प्यूठानका दुई बालबालिकालाई

सोमवार विहान प्यूठान नगरपालिका–१,खैरामा सर्पले डसेका दुई बालबालिकालाई प्यूठान अस्पतालमा प्राथमिक उपचार सुरु गरिएको छ । अस्पतालमा एन्टि स्नेक भेनम दिएर प्रारम्भीक उपचार सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खलानले जानकारी दिइन । प्यूठान नगरपालिका...बाँकी

माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। एसइई...बाँकी