News Portal

रेडियो सुन्नुहोस्

खलंगामा भाद्र ५ गते दिवंगतहरूको सामुहिक श्रद्दाञ्जलि कार्यक्रम हुँदै

झुलेनी संवाददाता२०७८ साउन २६
११०० पटक
२०७८ साउन २६

प्यूठान । खलंगा सरोकार समुहले गाइजात्रा २०७८ को अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार खलंगामा समुहका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा बैठक बसी यस्तो निर्णय गरेको हो ।

 

बैठकले गत वर्षको गाईजात्रा पछि दिवंगतहरूको सामुहिक श्रद्दाञ्जलि कार्यक्रम भाद्र ५ गते शनिबार साझ ६:०० बजे पार्टी चोक खलंगामा गर्ने निर्णय गरेको छ । यो श्रद्धाञ्जली कार्यक्रममा हुने सम्पूर्ण खर्चको आर्थिक सहयोग मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र मार्फत गरिने जानकारी अध्यक्ष निर्मल प्रसाद श्रेष्ठले प्रतिवद्दता ब्यक्त गरेका छन ।

 

गाईजात्रा सञ्चालनका लागि स्थानीय प्रशासनको स्वीकृती लिनका लागि वडा अध्यक्ष, नेवा:खल, खलंगा सरोकार समूहको प्रतिनिधिमण्डल सहित भाद्र ३ गते जिल्ला प्रशासन कार्यालय प्यूठान जाने समेत निर्णय गरेको छ ।

 

बैठकका सहभागिहरुले खलंगा बजार क्षेत्रमा सडक बत्ती मर्मत र संभारका लागि ध्यानाकर्षण गराएको थियो । बैठकमा सहभागी गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत बालकृष्ण थापाले बजेट बिनियोजित भइ सकेकोले अब छिट्टै मर्मत तथा नयाँ जडान हुने जानकारी दिए ।

 

कार्यक्रममा मल्लरानीगाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ नेवा खल खलंगाका अध्यक्ष बसन्त शाक्य गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा लगायत स्थानीय अगुवा बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

वर्तमान परिस्थितिलाई दृस्टिगत गरी गाईजात्रा व्यवस्थित, भब्य, सभ्यतापूर्वक संस्कृतिको मर्म अनुरुप सम्पन्न गर्नको लागि दिवंगतहरूको परिवार, स्थानीय युवा, नेवा खल: परिवार, जनप्रतिनिधि लगायतको भाद्र ३ गते सामुहिक बैठक बस्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...