News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : विवाहमा बज्दैनन् पञ्चेबाजा

झुलेनी पोष्ट
८५१ पटक

ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा र विवाहमा बजाउने सनाई, थौकुडी, टेम्कुली, झ्याली र बाजा तालमा कम्मर ढल्काए खुवै नचरी लाग्थ्यो ।

आजभोली भने परम्पारागत बाजा ताल लोप हुँदै गएको छ । विवाह र उत्सवमा डेक बजाएर नाँच्ने प्रचलन बढेको छ । होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा विवाह गर्ने प्रचलन बढेको हो । गाउँबाट विवाह गर्नका लागि युवा युवतीहरु बजारका खुलेका पार्टी प्यालेसमा झर्ने क्रम बढ्दो छ ।

पञ्चेबाजा बजाउनेहरुको गुजारा चल्न छाडेपछि उनीहरु बैकल्पिक पेशा खोज्न बाध्य छन्। यो सँगै परम्परागत पञ्चेबाजा र मौलिकता पनि लोप हुन थालेको हो । साउण्ड सिस्टम र डेक बजाएर नाँच्ने चलन झनै बढेको छ । नयाँ युवा पुस्तामा देखासिकीमा विवाह गर्ने चलन बढ्दा गाउँघरमा परम्परागत विहे गर्न छोडेका हुन् ।

युवा पुस्ताले परम्परागत बाजा बजाउन छोड्नु र आधुनिकतासँगै रेडिमेट गितको प्रयोग बढ्नाले मौलिकता हराएको हो ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...