News Portal

रेडियो सुन्नुहोस्

व्यवसायिक दुध उत्पादक वन्दै खैराका कृषक

सिखबर संवाददाता०१ श्रावण २०७८/ प्यूठान
८९९ पटक
०१ श्रावण २०७८/ प्यूठान

प्यूठान नगरपालिका वर्डा नं १ खैराका कृषकहरु व्यवसायिक रुपमा दुध उत्पादनमा लागेका छन् । ५० परिवारले व्यवसायिक रुपमा दुध उत्पादनका लागी पशुपालन सुरु गरेका हुन । कुल ८२ लाख लागतमा कृषकहरुले उक्त व्यवसाय सुरु गरेको स्थानिय भोजवहादुर वस्नेतले वताउनु भयो । जसमध्य मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम (संघिय ससर्त अनुदान) र प्यूठान नगरपालिका मार्फत ४० लाख र कृषकको ४२ लाखको लागत साझेदारी रहेको छ ।

५० घरमा उन्नत जातका १ सयवटा गाई भैँसी खरिद गरिएको छ। ९४ वटा भैँसी र ६ वटा गाई पालनवाट उत्पादित दुधको वजारीकरणका लागी शिवालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सहकार्य गरेको छ ।

प्यूठान नगरपालिकाले उत्पादनका आधारमा अनुदान दिने


प्यूठान नगरपालिकाले कृषकहरुलाई उत्पादनमुखी वनाउन उत्पादनको आधारमा अनुदान दिने भएको छ । राज्यले कृषीमा अत्याधिक लगानी गरेको तर, कृषकहरु विस्तारै अनुदानमुखी वन्न थालेकोले आगामी दिनमा उत्पादनको आधारमा अनुदान दिने पद्धतीको विकास गर्न थालिएको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो । चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत जिल्लाका चिस्यान केन्द्रहरुमा आफ्नो उत्पादन भण्डारण गर्ने प्यूठान नगरपालिका भित्रका कृषकलाई अनुदान दिएकोमा आगामी वर्ष यसलाइृ थप विस्तार गरिने वताउनु भयो ।

प्यूठान नगरपालिका वर्डा नं १ खैरामा स्थापित शिवालय दुग्ध सहकारीको उद्घाटन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख कक्षपतीले प्यूठान नगरपालिकाले उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षण लगायतका सवालहरुमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी योजना तर्जुमा गरेको वताउनु भयो । यस्तै नगर उपप्रमुख शान्ता आचार्यले कार्यक्रममा वोल्दै स्थानिय सरकारको योजना, निती तथा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी वढाउन सवै एकतावद्ध भएर अगाडी वढनेमा जोड दिनुभयो ।

कार्यक्रममा प्यूठान नगरपालिका वर्डा नं १ अध्यक्ष रमेश आचार्य र ४ का वर्डाअध्यक्ष लक्ष्मिप्रसाद राजभण्डारी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारी, स्थानिय समाजसेवी, वुद्धिजिवी र कृषकहरुको सहभागिता रहेको थियो ।

भिडियो

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...